back
NMB ad

बारेकोटका विद्यालय प्रबिधिमैत्री बनाइदै

Kumari bank ad

सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिकाले विद्यालयमा आधुनिक प्रबिधि मैत्री शिक्षण शिकाइ गर्नका लागि प्रबिधी हस्तान्तरण गरेको छ ।

आज तीन वटा माध्यमिक विद्यालयमा प्रबिधी हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए ।

बीरेन्द्र ऐश्वर्य माबि लिम्सा, दिपेन्द्र माबि सक्ला र सीता माबि कार्कीज्युलालाइ आधुनिक प्रबिधि मैत्री  शिक्षण प्रबिधी हस्तान्तरण गरिएको हो । नब प्रबर्तन साझेदार कोष मार्फत गाउपालिको डिजिटाइजेशन परियोजनाबाट प्रती बिद्यालय ५ लाख बराबरको  प्रबिधी हस्तान्तरण गरिएको उनले बताए । प्रबिधी मैत्री शिक्षण शिकाइ युगको शुरुवात गर्ने अभियानमा पालिका लागेको अध्यक्ष गिरीले जानकारी दिए । ९ वटा बालविकास केन्द्रमा समेत प्रबिधी मैत्री बनाउने काम भइहेको उनले बताए ।

प्रत्येक वर्ष यहाँका विद्यालयहरु प्रबिधी मैत्री बनाएर लैजाने कार्यक्रम रहेको अध्यक्ष गिरीको भनाई छ । प्राध्यापन तथा पत्रकारिता पेशाबाट राजनीतिमा रोमिएर गाउँपालिकाका अध्यक्ष भएका गिरीले पालिका भित्र नयाँ ,नयाँ कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । शैक्षिक क्षेत्र सुधार नभइ अरु क्षेत्र सुधार नहुँने उनको दावी छ ।

वि.सं.२०७९ चैत ७ मंगलवार १३:३७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...