back
NMB ad

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा लिने सेवा शुल्कको सीमा सम्बन्धि राष्ट्र बैंकको यस्तो निर्देशन

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा विभिन्न शुल्कका बारेमा जानकारी लिन केन्द्रीय बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै फेरि बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृत गर्दा लिने पाउने सेवा शुल्कका विषयमा सर्वसाधारणलाई अवगत गराएको छ।

विगतमा खुला छाडिएको सेवा शुल्कसम्बन्धी व्यवस्थालाई राष्ट्र बैंकले २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिन पाउने सेवा शुल्कको सीमा तोकेको थियो।

जसअनुसार कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। ‘यी बैंक तथा वित्तीय संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन्’, राष्ट्र बैंकले भनेको छ।

कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे स्पष्ट जानकारी हासिल गरेरमात्र कर्जा लिन राष्ट्र बैंकले सचेत गराएको छ। ‘कर्जा उपयोग गर्दा कर्जाका लागि ब्याजमात्र नभई अन्य विभिन्न अवस्थामा शुल्कहरु पनि भुक्तानी गर्नुपर्ने हुन्छ’, राष्ट्र बैंकले भनेको छ,‘यस्तो शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्छ।’

वि.सं.२०७९ चैत १४ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...