back
NMB Ad

सर्वसाधारणको लागि १३ लाख ४६ हजार कित्ता आईपीओ निष्काशन हुँदै, कति दिन पाइन्छ आवेदन ?

Royal Enfield Inside Page Banner

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चैत २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर बाँडफाँड गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा  छिटोमा चैत २७ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ७ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०७९ चैत १५ बुधवार ०७:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

वि.सं.२०८१ फागुन २ शुक्रवार २१:०४

जेरुसेलम : इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता...

कमलपोखरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे     

कमलपोखरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे     

वि.सं.२०८१ फागुन २ शुक्रवार २१:००

काठमाडौँ : काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस चुहिएर भएको...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:५४

भक्तपुर :  यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख...

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था...

सहकारी सिङ्गो अर्थतन्त्रको आधार    

सहकारी सिङ्गो अर्थतन्त्रको आधार    

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२४

लुम्बिनी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने   

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने   

वि.सं.२०८१ फागुन २ शुक्रवार १७:५६

टोकियो  :जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि...