back
NMB ad

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

Kumari bank ad

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल छ्याप्ने कार्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको छ।

गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोविल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलन गरी साे माग गरेको हो।

तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कार्वाही नगरे अझै ठूलो आन्दोलन हुने चेतावनी मेयर श्रेष्ठले दिएका छन्  पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भने, ‘हामी प्रहरीले घटनामा संलग्नहरुलाई तत्काल प्रहरीले पक्राउ गरी कारबाही गरोस भन्नेमा छौं,  हामी आजै नै उनीहरु बिरुद्ध उजुरी दर्ता गराउँदै छौं।’

म‍‌गलवार नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लघुवित्तमार्फत गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको,  हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको तथा गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र साे पार्टीका नेता कार्यकता विरुद्ध सुराकी गरेको थप आरोप पनि बहुमतकाे छ ।

तर मेयर श्रेष्ठले भने त्यसकाे प्रतिवाद गरेका छन  । ‘बजार ठेक्काको रकम, नदिबाट उठेको रकम नगरपालिकामा जम्मा नभएको र त्यसबारे आफूले पटक पटक ताकेता र आवाज उठाउँदै  आएको छु,’ उनले भने । आफू मीटरव्याज पीडितको पक्षमा रहेको र हाल नेपालमा कुनै पार्टी भूमिगत नभएको र उनीहरु प्रति सुराकी गर्न जरुरी नै नरहेको उनकाे भनाइ छ ।

मेयर श्रेष्ठले नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरुलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्। उनले भने, ‘म पनि राजनीतिक गरेर आएकै व्यक्ति हु, उनीहरुले लगाएको कुनै एउटा आरोप सत्य सावित गरेर देखाउन उहाँहरुलाई मेरो चुनौति छ।’

मेयर श्रेष्ठमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठ माथी मोविल खन्याएका थिए। साे घटनापछि आज विहान नेकपा एमालेका कार्यकर्ताले नारावाजी गर्दै एक घण्टाभन्दा बढी पुर्व पश्चिम राजमार्गकाे गोलबजारमा सडक अवरुद्ध गरेका छन्। प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको छ।

फरार रहेकाहरुलाइ खाेज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका निमित पवक्ता प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिए ।

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...