back
NMB ad

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

Kumari bank ad

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा लिइने एसईई परीक्षाको तयारी पुरा भएको छ ।

यही चैत १७ गतेबाट हुने एसईई परिक्षामा सिरहाबाट १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्।

एसईई परीक्षामा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयबाट चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो। जसमध्ये प्राविधिकतर्फका केन्द्रबाट तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुने भएका छन्।

परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले बताए। उनले भने, ‘एसईई परिक्षाको समपुर्ण तयारी पुरा भैईसकेको छ,।’  समन्वय इकाईले सवै विषयहरुको विश्लेषण पछि विद्यालयहरुलाई पायक पर्नेगरी परीक्षा केन्द्रहरु निर्धारण गरिएको समन्वय इकाई प्रमुख महतोले बताए।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार भईसकेको इकाई प्रमुख महतोले जनाए । उनका अनुसार ताेकिएका परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका पुगिसकेको छ।

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४ मा प्रकाशित

You can share this post!

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

वि.सं.२०८१ असार ५ बुधवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार ०६:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ...

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ५ बुधवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ५ बुधवार ०६:०७

काठमाडौँ : हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...