back
NMB ad

यात्रा गर्दा सजगता अपनाउनुस : आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

Kumari bank ad

बुटवल । आज देखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।

सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिन लागिएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सो सडक खण्ड निमार्णस्थल वरपर आउजाऊमा समेत रोक लगार्ईएको छ । अर्को सूचना जारी नभएसम्म बन्द सो सडक खण्ड बन्द रहने जारी सुचनामा भनिएको छ । साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने सो बैठकको निर्णय छ ।

सोही निर्णय अनुसार आज देखी सो सडक दैनिक ९ घन्टा बन्द गरिन लागेको सार्वजनिक सुचना जारी गरिएको छ ।

वि.सं.२०७९ चैत २० सोमवार ०७:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...