काठमाडौं । आज बिहीबार चैत ३० गते एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात २०८० वैशाख १ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयरधनी बनुसक्नुपर्ने पर्नेछ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
सोही लाभांश पारित गर्न यस कम्पनीले वैशाख १० गते साधारण सभा होटल गजुर, मोटेपुल धरानमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ ।
वि.सं.२०७९ चैत ३० बिहीवार १०:०८ मा प्रकाशित