back
Kumari Bank

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबारका आधारमा यी कम्पनी रहे शिर्ष पाँचमा

Nepal Bank

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलव १२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह शेयर मूल्यमा गिरावट आएको छ ।

बुधबार वृद्धि आज कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन । कूल ३२ लाख नौ हजार दुई सय १४ कित्ता शेयर रु ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ७५ लाख ४३ हजार चार सय २५ बराबरको कारोबार भएको छ । कुमारी बैंकको संस्थापक शेयर रु तीन करोड ५३ लाख ८६ हजार चार सय ८०, एशियन लाइफ इन्स्योरेन्स रु तीन करोड ३३ लाख ७७ हजार पाँच सय १५,सट्याण्र्डड चार्टर्ड बैंक रु तीन करोड ३३ लाख ३८ हजार आठ सय २५ र एभरेष्ट बैंकको रु दुई करोड ९१ लाख ७६ हजार एक सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मोलुङ हाइड्रोपावर नौ दशमलव ९६, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव शून्य छ, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ९२ र एभरेष्ट बैंकको शेयर मूल्य तीन दशमलव ६० प्रतिशतले बढेको छ ।

यस्तै, आर्दश लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड दोस्रोको पनि नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलव शून्य तीन, समालिङ पावर कम्पनी आठ दशमलब २७ र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ ।

वि.सं.२०८० वैशाख ७ बिहीवार १६:३७ मा प्रकाशित

You can share this post!

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार १९ बिहीवार १५:१६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

सेयर बजारमा वृद्धि, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा वृद्धि, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार १९ बिहीवार १५:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो   

अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो   

वि.सं.२०८२ असार १९ बिहीवार १४:३५

काभ्रेपलाञ्चोक : स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका...

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह   

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह   

वि.सं.२०८२ असार १९ बिहीवार १४:२७

मेड्रिड (स्पेन) :  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली...

एसिसी इस्ट जोन कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा   

एसिसी इस्ट जोन कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा   

वि.सं.२०८२ असार १९ बिहीवार १२:४८

काठमाडौं : मलेसियालाई हराउँदै नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन...

केटिएम हस्पिटालिटीको आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

केटिएम हस्पिटालिटीको आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

वि.सं.२०८२ असार १९ बिहीवार १२:३८

काठमाडौँ : केटिएम ग्रुप होल्डिङ्स अन्तर्गत सञ्चालनमा रहेको केटिएम हस्पिटालिटी...