काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौमा ९ वटा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको छ ।
बैंकले सो शाखाहरु संचालनका लागि भुई तल्ला वा पहिलो तल्लाको १००० देखि १५०० वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक रहेको जनाएको छ । बैंकले बुढानिलकण्ठ महानगरपालिकामा दुईवटा, काठमाडौंमा चारवटा र ललितपुरमा तीनवटा स्थानमा घर बहालमा लिने भएको हो ।
प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाइको मोटर बाटो हुनुपर्ने, प्रस्तावित भवन सडक विस्तार योजनामा नपरेको हुनुपर्ने, भूकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिने, भुई तल्लामा एटीएम तथा जेनेरेटर राख्नको लागि स्थान उपलब्ध गराउनुपर्ने शर्तहरु राखेको छ ।
इच्छुक घरधनीहरुले वैशाख २४ गतेभित्र बैंकको प्रशासन विभाग, दरबारमार्ग काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
वि.सं.२०८० वैशाख १७ आइतवार १८:२७ मा प्रकाशित