back
NMB ad

उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरिएकोमा मोरंग व्यापार संघको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । मोरङ–सुनसरी–कटहरी क्षेत्रकाऔद्योगिक कोरिडोरका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्यूत आपूर्ति कटौति गरिदिने भनी धम्कीदिनुका साथै कटौति समेत गरिदिएकोमा मोरंग व्यापार संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विगतका कोभिडका बन्दाबन्दी तथा विद्यमान तरलता अभाव, चर्को बैंक व्याजदर लगायत अनेक आर्थिक जटिलताहरुका बावजूद जेनतेन संचालनमा रहेका उद्योगहरुमा उद्योगको अक्सीजनको रुपमा रहेको विद्युतको आपूर्ति समेत असहज हुँदा उद्योगहरु जोखिमपूर्ण अवस्थामा पुगेको संघको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणबाट केहि महिना यता भई रहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत कटौतिबाट समस्याग्रस्त उद्योग क्षेत्रको नेतृत्व गर्दै संघले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रीडमा गई उद्योग क्षेत्रका लागि निर्वाद विद्युत आपूर्ति गरिनु पर्ने तथा विद्युत कटौति गर्ने निर्धारित तालिका उपलब्ध गराउनु पर्ने माग गर्दै असहज विद्यूत आपूर्तिको अवस्था विरुद्ध विरोध जनाएको जनाएको छ ।

उद्योगहरुको हकमा संघको नेतृत्वमा संचालित उक्त कार्यक्रम लगत्तै हाल प्राधिकरणले उद्योगहरुमा कपासिटर बैंक नभएको वा संचालन नगरेको सामान्य प्राविधिक कारण देखाउँदै सम्बन्धित उद्योगलाई कुनै लिखित सुचनाविनानै मौखिक रुपले तत्कालै विद्युतआपूर्ति कटौति गरिदिने धम्कीदिनाले प्राधिकरणका जिम्मेवार अधिकृतहरुबाट त्यस प्रकारका गतिविधिहरु कतै सो संघको विरोध कार्यक्रमको प्रतिशोध स्वरुप त होइन भन्ने प्रश्नउब्जीएको संघले जनाएको छ ।

संघले सो विषयमा प्राधिकरणलाई जिम्मेवारपूर्ण तवरले उद्योगहरुको मर्मलाई आत्मसात गर्दै उद्योगहरु प्रति संवेदनशिल भई विद्युत आपूर्ति सहज गरिदिन, विद्युत कटौतिको निर्धारित तालिका उपलब्ध गराउन, कपासिटर बैंक संचालनमा ल्याउन नसकेका उद्योगहरुलाई उचित समय दिन, संकट ग्रस्त उद्योगहरुमा कुनै प्रकारका धम्की÷त्रासका वातावरण श्रृजना नगरिदिन तथा उद्योगहरुमा कार्यरत हजारौँ श्रमिकहरुको रोजगारीको संरक्षण गर्न प्राधिकरण सहित सम्बन्धित सबैमा अनुरोध गरेको छ

वि.सं.२०८० वैशाख १७ आइतवार २०:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...