back

बजार अनुगमन, साढे आठ हजार बराबरको सामान नष्ट   

रुकुम (पूर्व), २५ वैशाख :  रुकुम (पूर्व)मा बजार अनुगमनलाई प्रभावकारी तुल्याउन लागिएको छ । सोही सिलसिलामा आज सिस्ने गाउँपालिका–५ स्थित कमल दह क्षेत्र बजारमा अनुगमन गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सिस्ने गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा कमल दह क्षेत्रमा रहेका होटेल तथा पसलहरुको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा रु आठ हजार पाँच सय ६६ बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ । छ वटा होटेल र आठवटा पसलमा अनुगमन गर्दा दालमोठ, कोकाकोला, आटा, जिरा, पापड, हुक्का फ्लेबरलगायत गरी साढे आठ हजार बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको हो ।

यस्तै, अनुगमनका क्रममा होटेल तथा पसलहरुमा मूल्यसूची नराखेको पाइएको छ । अनुगमनका क्रममा होटेल तथा पसल व्यवसायीहरुलाई मूल्यसूची राख्न निर्देशन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चालु आर्थिक वर्षमा मात्र जिल्लाको विभिन्न ठाउँमा गरी आठ पटकसम्म अनुगमन गरिएको निमित्त प्रजिअ हिरालाल आचार्यले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय र गाउँपालिकाहरुले पनि बेलाबेलामा बजार अनुगमन गरिरहेका छन् ।

वि.सं.२०८० वैशाख २५ सोमवार २१:३५ मा प्रकाशित

You can share this post!

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...