back
Kumari Bank

जिल्ला प्रशासन कार्यालयमार्फत प्रवाह हुने सेवाको अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

Nepal Bank

त्रिशूली, २६ वैशाख :   जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको हो ।

आगामी जेठ १ गतेदेखि विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क फाराम भर्न कर्मचारी खटाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि नगरपालिकाले दुई कर्मचारीसहित आवश्यक उपकरणको व्यवस्था आफैँ मिलाउने भएको छ ।

राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि अनलाइन आवेदन अनिवार्य गरिएको छ । सोही कारण जिल्लाभरका सेवाग्राहीलाई निःशुल्क सेवा दिनका लागि विदुर नपाले जिम्मेवारी लिन लागेको हो । प्रजिअ थापाका अनुसार अनलाइन आवेदन फाराम भरेवापत अहिले राहदानीका लागि रु तीन सय र राष्ट्रिय परिचयपत्रका लागि रु एक सय शुल्क लिन प्रशासन कार्यालयले तोकेको शुल्कमा निजी क्षेत्रले सेवा दिँदै आएका छन् ।

“अनलाइन आवेदन फारम भर्ने क्रममा निजी तथा व्यावासयिक सेवा प्रदायकहरूले महँगो शुल्क (रु पाँच हजारसम्म) लिने गरेको गुनासो आएसँगै शुल्क निर्धारण गरेका थियौँ”, प्रजिअ थापाले भन्नुभयो, “विदुरले निःशुल्क सेवा उपलब्ध गराउन तयार भएसँगै सेवाग्राहीलाई सहजसहित आर्थिक भारको समस्यासमेत हट्ने विश्वास छ ।”

प्रशासन कार्यालयका अनुसार राहदानी बनाउन आवेदन फाराम भरेपछि पालो आउन करिब तीन साता लाग्ने छ भने पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्र भने सेवाग्राहीले चाहेको समयमै भर्न पाइरहेका छन् । राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन दिने सेवाग्राही दैनिक दुई सयभन्दा बढी हुने प्रशासनको तथ्याङ्क छ ।

आगामी जेठ १ गतेदेखि प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदनको सेवा लिन पुग्नेलाई विदुरले निःशुल्क फाराम भर्नेसहित विदेश जाँदा अपनाउनुपर्ने प्रक्रिया, जान चाहेको देशको कानुनी सेवा, सीपसहितको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने जनाएको छ ।

नगरप्रमुख श्रेष्ठका अनुसार विदेशमा अलपत्र परेका नागरिकलाई फिर्ता, बिमासम्बन्धी परामर्श, बिरामी तथा घाइतेको उपचार, कानुनी सेवा, बेपत्ता तथा सम्पर्कविहीनको खोजतलासमा पु¥याउँदै आएको सेवाले वैदेशिक रोजगार, अध्ययन, भ्रमण तथा व्यवसायमा जानेका लागि उल्लेख्य सहयोग पुग्दै आएको छ ।

वि.सं.२०८० वैशाख २६ मंगलवार ०७:५५ मा प्रकाशित

You can share this post!

 कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह   

 कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह   

वि.सं.२०८२ असार २३ सोमवार ०६:४५

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २३ सोमवार ०६:४०

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज असार २३ गते सोमवार, हेर्नुहोस् आजको राशिफल

आज असार २३ गते सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार २३ सोमवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

वि.सं.२०८२ असार २२ आइतवार २१:२२

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन...

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

वि.सं.२०८२ असार २२ आइतवार २१:०८

हुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र...

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने,  प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने, प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८२ असार २२ आइतवार १८:१६

काठमाडौं : गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड...