काठमाडौं । प्रभु बैंक लिमिटेडका १५ जना संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन निबेदन दिएपश्चात बैंकले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
वि.सं.२०८० वैशाख २७ बुधवार १२:०१ मा प्रकाशित