काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेद्वारले जेठ ९ गतेसम्म बैंकको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिनको लागि क्लीक गरेपछि ग्लोबल आइएमई बैंकको करिअर सम्बन्धी साइटमा पुगिन्छ । सिधैं फारम भरेर सवमिट गर्नुहोला ।
वि.सं.२०८० वैशाख २८ बिहीवार १६:१३ मा प्रकाशित