काठमाडौं । एनएमबि बैंकको एटीएम सेवा आज जेठ १ गते रातिबाट अवरुद्ध हुने भएको छ।
बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बन्धी कार्य गर्नका लागि आज राति १०:३० बजेबाट भोलि जेठ २ गते बिहान १:३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ। यसबाट पर्ने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।
वि.सं.२०८० जेठ १ सोमवार १३:२३ मा प्रकाशित