back
NMB ad

प्रअ विवादले पठनपाठन रोकियो, विद्यार्थी धर्नामा   

Kumari bank ad

तुलसीपुर, ७ जेठ ।  दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ ।

अहिले विद्यार्थी विद्यालय पोसाक, किताब, कापीसहित विद्यालयको गेटमा ताला लगाएर धर्ना गरिरहेका छन् । “सरहरुको आफ्नो विवाद छ, त्यसले गर्दा हाम्रो पढाइ रोकिएको छ, हामीलाई नै पढाउनुभएको छैन”, विद्यार्थी सुनिल केसीले भन्नुभयो, “त्यसैले हामीले तालाबन्दी गरेका हौँ ।”

दुई प्रधानाध्यापकको विवाद नटुङ्गिएसम्म तालाबन्दी नखोल्ने उनीहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले एक जना प्रधानाध्यापक तोकेको छ, भने गाउँपालिकाले अर्को प्रधानाध्यापक पठाएको छ । गत माघ १३ गते विद्यालय व्यवस्थापन समितिको बैठकले तत्कालीन सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रअ तोक्ने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजीनामा दिएपछि जैसीलाई प्रअ तोकेपछि यो विषय विवादमा आएको हो । “यस अघिका प्रअ बुढाथोकीले स्वास्थ्यका कारण राजीनामा दिनुभयो”, जैसीले भन्नुभयो, “त्यसपछि तत्कालीन अवस्थाको सहायक प्रधानाध्यापक रहेको नाताले मलाई निमित्त प्रअका रुपमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको हो ।”

त्यसपछि विद्यालयका पुराना शिक्षक बाबुराम अधिकारीले राजीनामा दिनुभयो । उहाँको राजीनामा विद्यालय व्यवस्थापन समितिले पनि सदर गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसकेको थियो । एकाइले उहाँको राजीनामा स्वीकृति गरेन र त्यसपछि उहाँ प्रधानाध्यापकमै दाबी गरेर विद्यालयमा आउनुभयो । सोही अनुसार गाउँपालिकाको शिक्षा शाखाले पनि निवेदन दिन भनेपछि उहाँले पालिकामा निवेदन दिनुभयो र पालिकाले वरिष्ठ शिक्षकका रुपमा उहाँलाई प्रधानाध्यापक बनाएर पठायो ।

जैसीलाई व्यवस्थापन समितिले र अधिकारीलाई पालिकाले प्रअ बनाएपछि त्यो विवाद उत्पन्न भएको हो । पालिकाले ११ वैशाखमा अधिकारीलाई प्रअको पत्र थमाएपछि उहाँ १२ वैशाखमा विद्यालय जानुभयो । सोही दिन बसेको विद्यालय व्यवस्थापन समिति बैठकले अधिकारीलाई प्रअका रुपमा नस्वीकार्ने निर्णय ग¥यो । त्यसयता नियमित जसो विवाद भएपछि विद्यार्थीको पठनपाठन पनि ठप्प छ । “मलाई पालिकाले नै प्रअका रुपमा पठायो”, अधिकारीले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिले मभन्दा कनिष्ट शिक्षक, जो बरियतामा चौँथो नम्बरमा हुनुहुन्थ्यो, उहाँलाई निमित्त प्रअको जिम्मा दिएको थियो ।”

कानुनमा नै वरिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा तोक्नुपर्ने व्यवस्था रहेकाले सोही अनुसार पालिकाले अधिकारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताउनुभयो ।

“विद्यालय व्यवस्थापन समितिले कनिष्ट शिक्षकलाई निमित्त तोकेपछि त्यसलाई सच्याउन पालिकाले पत्र पठायौंँ”, उहाँले भन्नुभयो, “तर, त्यसको सुनुवाइ नभएपछि वरिष्ठ शिक्षकको उजुरीका आधारमा हामीले उहाँलाई निमित्त बनाएर पठाएका हौँ ।” अहिले निमित्त भए पनि विद्यालय व्यवस्थापन समितिले विज्ञापन निकालेर प्रधानाध्यापक नियुक्त गर्न सक्ने उहाँले बताउनुभयो ।

वि.सं.२०८० जेठ ७ आइतवार १६:१४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...