
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता शेयर बिक्रीमा राखिएको ल्याएको छ । यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । यसका लागि संस्थापक सेयरधनीहरुले आफूले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।
वि.सं.२०८० जेठ ८ सोमवार ११:०६ मा प्रकाशित