back
NMB ad

ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिवद्धता   

Kumari bank ad

फ्रयाङ्कफर्ट, ११ जेठ ।  युरोपेली केन्द्रीय बैंक (ईसीबी) का अध्यक्षले युरो क्षेत्रमा बढ्दो मुद्रास्फितिलाई दुई प्रतिशतको लक्ष्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ईसीबीको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार फ्रयाङ्कफर्टमा आयोजित एक कार्यक्रममा क्रिस्टिन लेगार्डले भन्नुभयो, “यो बैङ्कका लागि ‘तात्कालिक प्रमुख प्राथमिकता’ हो ।

आफ्नो भाषणमा लेगार्डले युरोको प्रशंसा गर्दै यसलाई युरोपको ‘एकीकरणको इन्जिन’ को रूपमा वर्णन गर्नुभएको थियो ।

सन् १९८० को दशकको उत्तरार्धबाट आएको परिवर्तनको ‘तार्किक जवाफ’ एकल मुद्रा भएको बताउँदै उहाँले युरो क्षेत्र ११ बाट २० सदस्यसम्म विस्तार गरिएको बताउनुभयो । “युरोले युरोपेलीहरूलाई स्थिरता, सार्वभौमिकता र ऐक्यबद्धता प्रदान गरेको छ ।”

ईयूमा कर्जा सङ्कट आउँदा र ब्रेक्जिटको समयमा एकल मुद्राको परीक्षण गरिएको भए तापनि लेगार्डले भन्नुभयो मानिसहरू अब संस्थाहरूलाई नीतिहरूबाट अलग गर्न सक्षम भएका छन् ।

“उनीहरूले ईसीबीको नीति मन पराउन वा नपराउन सक्छन्, तर उनीहरू प्रायः यूरो क्षेत्रको भाग हुनु सही छनौट हो कि होइन भनेर प्रश्न गर्दैनन्,” उहाँले भन्नुभयो ।

वि.सं.२०८० जेठ ११ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...