काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आठ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । उक्त कम्पनीहरुको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस साता जेठ ७ गतेदेखि जेठ १२ गतेसम्म्म नेप्सेमा छिमेक लघुवित्तको २२ प्रतिशत दरका ५१ लाख १३ हजार २० कित्ता, नेरुडे लघुवित्तको २२ प्रतिशत दरका १३ लाख २० हजार कित्ता, लक्ष्मी लघुवित्तको १५ प्रतिशत दरका कुल ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २० प्रतिशत दरका कुल ८ लाख २९ हजार २६ कित्ता र सबैको लघुवित्तको १८ प्रतिशत दरका कुल ४ लाख ८६ हजार कित्ता नेप्सेमा सूचीकृत भएका हुन् ।
साथै, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत दरका २५ लाख ६९ हजार २२० कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत दरका कुल ८ लाख ५ हजार कित्ता र एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका कुल १३ लाख २६ हजार ६१४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् यी कम्पनीहरुको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० जेठ १२ शुक्रवार १३:२७ मा प्रकाशित