back
NMB ad

व्यवस्था फेरिए, अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल   

Kumari bank ad

मनहरी, १२ जेठ ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले व्यवस्था फेरिए पनि अवस्था नफेरीएकामा चिन्ता व्यक्त गर्नुभयो ।

“सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन् भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । “हामी सबै मानवअधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तर विरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाले उल्लेख गर्दै समावेशी रुपमा काम गर्न नीतिमा केही समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक, राजनीतिक लगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ । ”

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानवअधिकारका विषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।

वि.सं.२०८० जेठ १२ शुक्रवार १२:१० मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...