काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
यी दुई इन्स्योरेन्स एक आपसमा गाभिई यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट जेठ १४ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार जेठ १४ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।
वि.सं.२०८० जेठ १२ शुक्रवार १३:१३ मा प्रकाशित