काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड गरेको हो ।
कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता शेयर बिक्री खुल्ला गरेकोमा रितपूर्वक आवेदन दिएका सबै आवेदकहरुलाई कुल ६ लाख ६ हजार ३५० कित्ता आइपीओ बाँडफाँड गरेको हो ।
यसआधारमा जारी भएको कुल शेयरमध्ये एक लाख ४८ हजार ३११ कित्ता शेयरमा भने आवेदन परेको छैन । बिक्री नभएको उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।
आइपीओ बाँडफाँड सम्बन्धी नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट https://himalayancapital.com/ तथा सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिने जानकारी दिएको छ ।
वि.सं.२०८० जेठ १४ आइतवार १०:२० मा प्रकाशित