back
NMB ad

अर्थमन्त्री प्रकाशशरण महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा अर्ब कम

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो ।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ करोड विनियोजन रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु. ४९ अर्ब ९४ करोड व्यहोर्दा रु. ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठूलो बजेट ल्याएका हुन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । जसमध्ये चालु तर्फ ४२ प्रतिशत अर्थात ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पुँजीगततर्फ २१।२ प्रतिशत अर्थात ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १२।८ प्रतिशत अर्थात २ खर्ब ३० अर्ब २२ करोड रुपैया र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २४ प्रतिशत अर्थात ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ थियो ।

त्यस्तै तत्कालित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका थिए ।

फराकिलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट लक्षित छ । समृद्धि र सुसाशन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित हुने छ । स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रुपमा लिएको महतले बताए । निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरि बजेट आएको उनले बताए ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

वि.सं.२०८० जेठ १५ सोमवार १९:१३ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...