back
NMB ad

नवलपुर प्रहरीले बेच्यो रु ४१ लाखका सवारीसाधन   

Kumari bank ad

नवलपुर, १६ जेठ । जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ । जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी रु ४१ लाख ४३ हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले कसुरजन्य सम्पत्ति नियन्त्रण र जफत गर्ने वा बिक्री गर्ने ऐनअनुसार बरामद सवारीसाधन बिक्री गरिएको बताउनुभयो ।

“जिल्लाका विभिन्न ठाउँमा सवारी जाँच गर्ने क्रममा बरामद भएका दुई वर्ष पुराना सवारीसाधन लिलाम बिक्री गरेका हौँ”, उहाँले भन्नुभयो, “पटक पटक सार्वजनिक सूचना जारी गरेर आफ्नो सवारीसाधन लैजान आग्रह गर्दा पनि सवारीसाधनका धनी लिन नआएपछि दुई सय ६१ वटा स्कुटर तथा मोटरसाइकल र १० वटा गाडी बिक्री गरिएको हो ।” ऐनअनुसार प्रजिअको अध्यक्षतामा सरकारी वकिल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, अदालतका कमर्चारी गरी चार जनाको मूल्याङ्कन समिति गठन गरेर बरामद गरिएका सवारी साधन मूल्याङ्कन गरी बिक्री गरिएको प्रहरी उपरीक्षक तिवारीको भनाइ थियो ।

“हामीले चोरीका सवारीसाधनको विवरण बनायौँ, ती साधन बिक्री गर्नका लागि मूल्याङ्कन समिति बन्यो” उहाँले भन्नुभयो, “समितिसँग बैठक बस्यौँ, बैठकले प्राविधिकसहितको मूल्याङ्कन उपसमिति बनायो र सोहीअनुसार सवारीसाधनहरु बिक्री गर्न सहज भयो ।” उपसमितिले ३८ वटा गाडी चलाउन योग्य भएको प्रतिवेदन तयार पारेको पनि प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । “ ती गाडीहरु सरकारी कार्यालयलाई दिन मिल्ने व्यवस्था रहेछ, ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले सरकारलाई लेखेर पठाएका छौँ, सरकारबाट अनुमति भयो भने ती ३८ गाडी सरकारी कार्यालयलाई वितरण गरिदिन्छौँ ।”

प्रजिअको अध्यक्षतामा बनेको समितिले सबै सवारीसाधनको विवरतणसहित सवारीधनीलाई दाबी विरोध गर्न आउने १५ दिने सूचना निकाल्दा आठवटा बाइक तथा स्कुटर मात्रै सम्बन्धित धनीले लिएर गएका थिए । “हामीले राष्ट्रिय पत्रिका, जिल्ला प्रशासन कार्यालयको वेबसाइट, प्रदेश प्रहरी कार्यालयको वेबसाइट तथा सामाजिक सञ्जालमा सार्वजनिक सूचना राखेका थियौँ”, प्रहरी उपरीक्षक तिवारीले भन्नुभयो, “१५ दिनको सूचनामा जम्मा आठ जनाले निवेदन दिए र उनीहरूको सवारीसाधन फिर्ता ग¥यौँ ।” बाइक, स्कुटर र गाडी गरी बाँकी रहेका दुई सय ७१ वटा सवारीसाधनलाई पुनः लिलाम बिक्रीका लागि सूचना निकालिएको उहाँले बताउनुभयो ।

नेपालमै पहिलो पटक आफूहरुले नौलो प्रयोग गरेको उल्लेख गर्दै प्रहरी उपरीक्षक तिवारीले आफूहरुले गरेको कामको अनुसरण अन्य कार्यालयलहरुले गर्न गर्न थालेको बताउनुभयो ।

चोरी तथा कागजपत्र नभएका सवारीसाधनहरु बरामद गरी राख्दा सवारीसाधनको पाटपुर्जा खिइएर जाने गरेको थियो । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा डिभिजन वन कार्यालयमा चोरीका सवारीसाधनहरु कुहिएर बस्ने गरेका थिए ।

वि.सं.२०८० जेठ १६ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...