back
NMB ad

पाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रुपान्तरण   

Kumari bank ad

काभ्रे, १७ जेठ । काभ्रेपलाञ्चोकको कृषि नगर पाँचखाल नगरमा निर्माण हुने मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामलाई ‘महिला उद्योग ग्राम’मा रुपान्तरण गरिएको छ । सोमबार संसद्मा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा निर्माणको प्रक्रियामा रहेको उक्त ग्रामलाई महिला उद्योग ग्राम नामकरण गर्ने घोषणा गरिएको हो ।

उक्त ग्रामको हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । बजेट वक्तव्यमा ग्रामका लागि आवश्यक बजेट विनियोजन गरिनेसमेत जनाइएको छ । नगरको ७ नं वडास्थित करिब पाँच हेक्टर (९८ रोपनी) जमिनमा भौतिक पूर्वाधार निर्माणका लागि जमिन सम्याउने काम सम्पन्न भइसकेको छ । ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भई प्रक्रिया अघि बढाइएको थियो । प्रारम्भिक चरणमा ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण तथा डिपिआर तयार गर्न रु ६० लाख विनियोजन गरिएको थियो ।

बागमती प्रदेशका सङ्घीय अनुदानप्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका छ स्थानीय तहमा आर्थिक वर्ष २०७६÷७७ मा सरकारले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन तथा मकवानपुर, चितवन र दोलखामा एक–एकवटा औद्योगिक ग्राम स्थापना गर्ने गरी सरकारले सडक स्तरोन्नति, कम्पाउन्ड, डिपिआर तयार, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए), खानेपानीलगायतको व्यवस्था गर्न थप रु ९२ लाख बजेट विनियोजन गरेको थियो ।

सम्झौताअनुसार पाँचखाल नगरले वडा नं ७ (साविक होक्से गाविस)मा ग्राम स्थापना र विकासका लागि सोही वडाको कित्ता नं ८९, ९० र ११३ को करिब पाँच हेक्टर जग्गा २५ वर्षका लागि उपलब्ध गराएको हो । नगरप्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र महिला उद्यमी महासङ्घ नेपालका अध्यक्ष शारदा रिजालबीच ग्राम स्थापनार्थ त्रिपक्षीय सम्झौता भएको हो । खरेलका अनुसार ग्रामका लागि डिपिआर तयार भइसकेको, जमिन सम्याउने तथा पहुँचमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ ।

नेपालमै पहिलोपटक पाँचखालमा स्थापना हुन लागेको उक्त ग्रामलाई महिला तथा कृषि क्षेत्रलाई केन्द्रित गरी सञ्चालन गरिने छ । “स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइने उक्त योजनाले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, खरेलले भन्नुभयो । सम्झौतामा औद्योगिक ग्राम स्थापनाका लागि नगरले आवश्यक सहजीकरण गरिदिने, आवश्यकतानुसार यसको विकास, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने र ग्राम क्षेत्रभित्रको जग्गामा उद्योग स्थापनार्थ सहयोग गर्ने उल्लेख छ ।

यस्तै औद्योगिक ग्रामका कारण आसपासको वातावरण, मानव जीवन तथा भौतिक विकास र निर्माणकार्यमा असर पर्न दिइने छैन भने औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइने छ । धुलिखेल नगरले वडा नं १० शारदा बतासेको पिङडाँडाको जग्गामा औद्योगिक ग्रामको काम सुरु गरेको छ । नगरका इञ्जीनियर हरेराम हुमागाईँका अनुसार औद्योगिक ग्राम बनाउन एक सय ४८ रोपनी क्षेत्रफल समेटिएको सडक निर्माण, घेराबार लगाउन तथा डिपिआरको प्रक्रियामा छ । रोशी गाउँपालिका–११ कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम बनाउन डिपिआर तयार छ । गाउँपालिकाले आवश्यक संरचना बनाउन थप रु ३४ लाखसहित रु एक करोड २६ लाखको बोलपत्र आह्वान गरेको छ ।

यसैबीच ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती यसअगावै विशेष आर्थिक क्षेत्र प्राधिकरणद्वारा पाँचखाल–७ को देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको छ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी क्षेत्रफलमा पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)का लागि पूर्वाधार निर्माणका कार्य अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरणले निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन गर्न रु दुई अर्ब ९५ करोड २७ लाखको अनुमानित लागतमा पाँचखाल सेजको निर्माण अघि बढाएको थियो । पाँचखाल सेजमा ५२ निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ ।

वि.सं.२०८० जेठ १७ बुधवार ०९:५० मा प्रकाशित

You can share this post!

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...