
एजेन्सी, १७ जेठ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।
डब्ल्यूटीआई क्रुड आयलको मूल्यमा ४.४ प्रतिशत गिरावट आएको छ। योसँगै क्रुड आयल प्रतिब्यारल ६९.४६ डलरमा झरेको छ।
यसैगरी ब्रेन्ट क्रुड आयलको मूल्यमा पनि ४.५८ प्रतिशतको गिरावट आएको छ। योसँगै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारल ७३.५४ डलरमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार उतारचढाव भइरहे पनि भारतीय बजारमा एक वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर छ ।
वि.सं.२०८० जेठ १७ बुधवार १४:४७ मा प्रकाशित