back

नबिल बैंकको एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो ।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरिएको हो । त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन् ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।

वि.सं.२०८० जेठ १८ बिहीवार ११:२९ मा प्रकाशित

You can share this post!

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...