काठमाडौं । साविकका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जर भएपछिआइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचीकृत भएको छ ।
यी दुई इन्स्योरेन्स बीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले ३७० रुपैयाँ ८२ पैसा ओपनिङ्ग रेञ्ज दिन तोकेको छ । एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो । सेयर सूचीकृतपश्चात् कम्पनीको कारोबार आइतबारदेखि खुल्नेछ ।
वि.सं.२०८० जेठ १८ बिहीवार १५:५२ मा प्रकाशित