
काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० जेठ १९ शुक्रवार १०:४५ मा प्रकाशित