काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । उक्त कम्पनीहरुको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस साता जेठ १४ गतेदेखि जेठ १९ गतेसम्म्म नेप्सेमा एचआइडिसिएलको ५ प्रतिशत दरका १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत दरका ८ लाख ६४ हजार १०६.७६ कित्ता, स्वरोजगार लघुवित्तको २२ प्रतिशत दरका कुल ११ लाख ३१ हजार १८.०७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् ।
साथै, मिथिला लघुवित्तको १५ प्रतिशत दरका २ लाख ५५ हजार ६५५.७७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, सपोर्ट लघुवित्तको ११ प्रतिशत दरका कुल ९४ हजार ३८० कित्ता गरी जम्मा १ करोड २९ लाख ८३ हजार ४९४.३५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् यी कम्पनीहरुको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० जेठ १९ शुक्रवार १३:३८ मा प्रकाशित