
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि निष्काशन गरेको आईपीओमा ५ लाख बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज शुक्रबार साँझ ५ः०६ बजेसम्ममा ५ लाख १८ हजार ६०१ आवेदनबाट ५७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको ५७ लाख ७३ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि छुटाइएको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरको ८.९६ गुणा बढी हुन आउँछ । कम्पनीले आज जेठ १८ गते बिहीबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गरेको हो ।
कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ।
यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
वि.सं.२०८० जेठ १९ शुक्रवार १८:४० मा प्रकाशित