back
NMB ad

युके भिसाका नाममा श्रेष्ठ क्यारियर एडभाइजरको ठगी

Kumari bank ad

काठमाडौ । युके भिसाका नाममा श्रेष्ठ क्यारियर एडभाइजरले सर्वसधारणलाई ठगी गरेको पाइएको छ । काठमाडौको ठमेलमा रहेको श्रेष्ठ क्यारियर एडभाइजरले भूतपूर्व गोर्खा सैनिक र उनीहरूको परिवारको भिसा लगाइदिने नाममा ठगी गरेको पाइएको हो ।

श्रेष्ठ क्यारियर एडभाइजरले युकेमा आवासिय भिसाका लागि परामर्श दिने र कागजात मिलाइदिने नाममा ठगी गरेको हो । उसले परामर्शको नाममा अनुहार हेरेर लाखौँ रूपैयाँ असुलिरहेको छ । श्रेष्ठ क्यारियर एडभाइजरकी सञ्चालक समीकाछी श्रेष्ठले भिसा फ्यासिलिटेसन सर्भिस ग्लोबल मार्फत पनि चाँडै काम गराइदिन्छु भन्दै पैसा असुलेको पीडितले बताएका छन ।

स्रोतका अनुसार कतिपय अवस्थामा श्रेष्ठ क्यारियर एडभाइजरको तर्फबाट स्थानीय तहहरूबाट बनाउनुपर्ने अबिबाहित प्रमाणपत्र, सम्बन्धबिच्छेद जस्ता कामको कागजात समेत आफैँ बनाइदिने गरेका छन । स्रोतका अनुसार श्रेष्ठ क्यारियर एडभाइजरले कर समेत छली गरेको भन्दै सरोकारवाला निकायमा उजुरी परेको छ । कतिपय अवस्थामा कम्पनीले आफैँले सेवाग्राहीको कागजतपत्र राखेर हरायो भन्दै दुःख दिने र व्यक्तिगत इमेलको पासवर्डहरू पनि आफैँ राख्ने गरेको गुनासो पीडितहरूले गरेका छन ।

पीडितहरूका अनुसार श्रेष्ठ क्यारियर एडभाइजरका सञ्चालक श्रेष्ठले केही वर्षमै थुपारेको करोडौँ रकमको अनुसन्धान हुनुपर्ने भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको बताएका छन ।

वि.सं.२०८० जेठ २० शनिवार १३:४० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...