back

लगानीकर्ताले आज अर्थमन्त्रीको घर घेर्ने

Nepal Bank

काठमाडौं । नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ कर नीतिको पूँजी बजारका लगानीकर्ताले विरोध गरेका छन् । धितोपत्र बजारका लगानीकर्ताले आज बिहान अर्थमन्त्रीको घर घेराउ गर्ने भएका छन् भने दिउँसो ब्रोकर कार्यालयमा सिस्टम बन्द गर्न जाने भएका छन्।

विगत दुई दिनदेखि सडक आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले गत शुक्रबार माइतीघर मण्डलामा भेला भई यस्तो कार्यक्रम तय गरेका हुन्। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट धितोपत्र कारोबारमा थप कर लगाएको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका हुन्।

सरकारले शेयर कारोबारमा व्यवसाय सरह नै कर लगाउन खोजेको आरोप लगानीकर्ताले लगाएका छन्। विद्यमान पूँजीगत लाभकर दीर्घकालिन ५ र अल्पकालिन ७.५ प्रतिशत नै अन्तिम कर कायम गर्नुपर्ने अडान लगानीकर्ताहरुले राखेका छन्।

गत शुक्रबारको प्रदर्शनमा उनीहरुले करको दर परिमार्जन नगरी विधमानकै व्यवस्था लागु हुनुपर्नेमा जोड दिएका थिए।

वि.सं.२०८० जेठ २१ आइतवार ०६:५७ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची    

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३५

काठमाडौँ  : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद्...

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै   

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:२१

प्रगति ढकाल काठमाडौँ : उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको...

आज ६ असार २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

आज ६ असार २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ५ बिहीवार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...