काठमाडौं । समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात जेठ २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले भोली जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस कारण आजसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोही लाभांश पारित गर्न कम्पनीले असार ३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
वि.सं.२०८० जेठ २१ आइतवार ०७:०४ मा प्रकाशित