back

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

Nepal Bank

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाडौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिसकेका छन् । लगानीकर्ता  वार्ताका लागि अर्थमन्त्रालय टोलिसँग छलफलमा बस्दैछन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ। यद्यपि सेयर कारोबार नगण्य मात्रामा भएको छ।

गत बिहीबारदेखि पुँजीबजारमा लिइने ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले आफूहरुलाई आयकरको दायरामा ल्याउन खोजेको उनीहरुको भनाइ छ।

आन्दोलनरत लगानीकर्ताले आर्थिक विधेयक २०८०मा ल्याइएको करसम्बन्धी बुँदा नं. २९ खारेज हुनुपर्ने एकसूत्रीय माग राखेका छन्। उनीहरुले आज बिहानैदेखि कारोबार रोक्ने भन्दै ५० वटै ब्रोकर हाउसमा ताला पनि लगाए। तर, नेप्सेले भने कारोबार प्रणाली बन्द गरेको छैन।

नेप्सेले कारोबार प्रणाली बन्द नगरे पनि यो समाचार तयार पार्दासम्म एउटा कम्पनीको १११ कित्ता सेयर ६० हजार ७२५ रुपैयाँमा कारोबार भएको छ।

कारोबार नगण्य भए पनि नेप्से सूचक ११ बजेर २१ मिनेट जाँदासम्म १.७८ अंकको बढोत्तरी साथ १८६८ को विन्दुमा रहेको छ।

वि.सं.२०८० जेठ २१ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...