back

घरभाडा नबढाउन आग्रह   

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सकेसम्म छुट दिन आग्रह गरेको छ । देशमा चरम आर्थिक मन्दिका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको भन्दै सङ्घले भाडा नबढाउन अपिल गरेको हो ।

सङ्घले कोभिड–१९ पश्चात सिर्जित अवस्था एवम् बैँक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैँक ब्याजदरका कारण व्यवसायी मारमा परेको उल्लेख गरेको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सङ्घले आर्थिक जटिलताका कारण व्यापार व्यवसाय पहिलाकै गतिमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमासमेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको जनाएको छ ।

सङ्घले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर/सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको जनाएको छ ।

सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गर्नुभएको अपिलमा भनिएको छ “घर बहाल सम्झौता बमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न सङ्घ सबैमा अपिल गर्दछ ।”

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६ मा प्रकाशित

You can share this post!

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...