काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न स्वीकृति प्राप्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी अनुमतिका लागि आयोगमा निवेदन दिएको थियो । विद्युत नियमन आयोगबाट १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद सेयर बिक्री गर्नेछ ।
वि.सं.२०८० जेठ २१ आइतवार १२:०१ मा प्रकाशित