back
NMB Ad

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

Nepal Bank

काठमाडौं, २१ जेठ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले आन्दोलन फिर्ता गरेका छन् ।

लगानीकर्ताले बजेटको २९ नं. बुदा हटाउन माग गरेका थिए । शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकमा अर्थमन्त्रालयका अधिकारीसँग भएको वार्तामा सहमति भएको हो । लगानीकर्ता तिलक कोइरालाका अनुसार अर्थमन्त्री प्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय पार्ने आश्वासन दिएका छन् ।

अब ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिनेछ । वातार्मा अर्थमन्त्रीसहित राजस्व सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतको सहभागि थिए । लगानीकर्ताले सबै आन्दोलनका कार्यक्रम फिर्ता फिर्ता लिएको बताएका छन् ।

अर्थमन्त्रालयमा भएको वार्ता सफल भएपछि शेयर कारोबार खुलेको छ। बजार खुलेसँगै नेप्से परिसूचक तीव्र गतिमा बढ्न थालेको छ। यस समाचार तयार पार्दासम्ममा नेप्से परिसूचक करिब ३२ अंकले बढेको छ।

वि.सं.२०८० जेठ २१ आइतवार १२:२९ मा प्रकाशित

You can share this post!

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३७

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३१

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज जेठ ९ गतेदेखि आईपीओ...