back
NMB ad

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

Kumari bank ad

काठमाडौँ, २१ जेठ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।

तर प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलहरुले नागरिकता विधेयकको कुरा उठाएर संसद् अवरोध गरेका हुन् । नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रियाअनुसार नागरिकता विधेयक संसद्मा प्रस्तुत हुनुपर्ने र त्यसलाई एक हप्ताभित्रै पारित गर्न सक्नेगरी संसद् चलाउनुपर्ने बताउनुभयो ।

“प्रमाणिकरण गरिएको भनिएको नागरिकता विधेयक निष्क्रिय राखियोस् । नयाँ संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरियोस् र एक हप्ताभित्र घनीभूत ढङ्गले छलफल गरेर नागरिकताबिहीनलाई नागरिकता दिने प्रबन्ध गरियोस”, गिरीले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता दिनु राज्यको दायित्व भए पनि नागरिकता विधेयक प्रमाणीकरण गर्दा त्यसको विधि र प्रक्रिया नमिलेको बताउनुभयो । “धेरै नागरिकले नागरिकता नपाएर उनीहरुलाई परेको समस्याबारे हामीलाई थाहा छ । तर यो गम्भीर परिस्थितिमा सरकारले विधेयक प्रमाणीकरण गर्दा विधि र प्रक्रिया बाहिर गएको हामी स्वीकार गर्दैनौँ”, उहाँले भन्नुभयो, “नागरिकता विधेयक राजनीतिक विषय हो । यो नेपालको सुरक्षा, मानव अधिकार र भूराजनीतिकसँग जोडिएको विषय हो ।”

संशोधनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको बताउनुभयो । “राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा र आज्ञापालक होइन । दलको निर्देशनमा चलेको राष्ट्रपति संस्थाको औचित्यको प्रश्न छ”, उहाँले भन्नुभयो, “जुन प्रक्रिया र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो, त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना र विरोध गर्दछ । हामी चाँडोभन्दा चाँडो त्यसलाई प्रक्रियामा ल्याएर संसद्बाट अगाडि बढोस् भन्ने चाहान्छौँ ।”

लिङ्देनले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट भएको आममाफीका विषयमा पनि प्रश्न उठाउनुभयो । प्रतिपक्ष दलको विरोधपछि प्रतिनिधिसभाको अर्को बैठक आजै एक घण्टापछि बस्नेगरी स्थगित भएको छ ।

वि.सं.२०८० जेठ २१ आइतवार १३:५४ मा प्रकाशित

You can share this post!

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

वि.सं.२०८१ साउन १० बिहीवार १७:५७

काठमाडौँ, १० साउनः दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न...

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

वि.सं.२०८१ साउन १० बिहीवार १७:५०

काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

वि.सं.२०८१ साउन १० बिहीवार १७:४२

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा.शिवराज अधिकारीलाई नियुक्त गरेको...

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

वि.सं.२०८१ साउन १० बिहीवार १७:२६

काठमाडौँ, १० साउनः सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव...

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८१ साउन १० बिहीवार १७:०६

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

वि.सं.२०८१ साउन १० बिहीवार १७:०१

काठमाडौँ, १० असारः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव...