back
Ncell Banner Ad

खाद्य कम्पनीमा चामल आउनै छाड्यो   

रुकुमपश्चिम, २७ साउन : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो ।

रुकुमपश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । “बजारको तुलनामा खाद्यमा चामल केही सास्तो पाइन्छ । यहाँबाट किन्दा प्रतिकिलो रू ३० देखि ४० सम्म फरक पर्छ”, शाखा प्रमुख विनोद चन्दले भन्नुभयो, “अहिले खाद्यमा भनेजति चामल छैन । स्टिम जिरा मात्रै मौज्दात छ ।”

चन्दका अनुसार अहिले गोदाममा पाँच सय ३५ क्विन्टल चामल मौज्दात छ । “गत आर्थिक वर्ष २०७९÷८० मा कम्पनीमा ३६ हजार ९४ क्विन्टल ६५ केजी आएको थियो, सोही चामल अहिले पनि मौज्दनत छ”, उहाँले भन्नुभयो ।

चालु आवमा पनि नेपालगञ्ज र तुलसीपुरबाट चामल ल्याउने तयारी भइरहेको शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । “पहिलाका वर्ष तुलसीपुरबाट मात्रै ढुवानी हुने गरेकामा यस वर्ष नेपालगञ्जबाट पनि आउने भएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा १५ हजार क्विन्टल कोटा भए पनि कोटा थप हुनसक्छ ।” सोना मन्सुली, अरुवा मोटो र बास्मती कम्पनीको शाखामा नआएको बताउँदै चन्दले यहाँबाट उक्त चामल बेच्न छोडिएको जानकारी दिनुभयो ।

त्यस्तै बिक्री केन्द्र स्यालाखदीमा बर्खामा चामल पठाउन नसकिएको जिल्ला शाखाले जनाएको छ । गत आवमा नौ सय ९९ क्विन्टल चामल पुगेकामा यस अवका लागि ंएक हजार कोटाको ठेक्का आह्वान भएको शाखा प्रमुख चन्दले बताउनुभयो । भारतबाट हुने चामल निर्यात बन्द गरेकाले यस वर्ष कति चामल आउने हो भन्न नसकिने उहाँको भनाइ थियो ।

जिल्लामा रहेका पाँच सहकारीले शाखाबाट चामल लिएर गाउँमा बिक्री गर्न थालेपछि खाद्यको चामल गाउँसम्म पुग्न थालेको चन्दले बताउनुभयो । उहाँका अनुसार अहिले कम्पनी र दुई सहकारीबीच सम्झौता भएकाले उक्त सहकारीले मात्रै चामल बेच्ने गरेका छन् । “सहकारीमार्फत गाउँमै सस्तोमा पाएपछि सर्वसाधारण खुसी भएका थिए”, उहाँले भन्नुभयो, “अहिले केही सहकारीले ढुवानीको समस्याका कारण बेच्न छाडेका छन् ।”

वि.सं.२०८० साउन २७ शनिवार १७:२० मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...