back
Kumari Bank

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु   

Nepal Bank

त्रिवेणी (नवलपरासी), १९ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उहाँको भदौ ७ गते मृत्यु भएको हो ।

चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो ।

जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

यहाँक दुईवटा पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत सङ्कलन गरिँदै छ । साथै उक्त स्थान वरपर स्वाथ्य कार्यालको सक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदैछ ।

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईँको भनाइ छ । उहाँका अनुसार यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काप्ने जस्ता लक्षण देखिन्छन् ।

अबको केही महिना जापानिज इन्सेपफ्लाइटिसको जोखिम धेरै हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न विशेष ध्यान पु¥याउनुपर्ने कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

वि.सं.२०८० भदौ १९ मंगलवार १३:५६ मा प्रकाशित

You can share this post!

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २० शुक्रवार १६:०४

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर...

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

वि.सं.२०८२ असार २० शुक्रवार १५:५९

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपेप्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपेप्लस अन्तरदेशीय भुक्तानी सम्झौता

वि.सं.२०८२ असार २० शुक्रवार १५:३८

काठमाडौं : एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद...

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...