back

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार   

Kumari bank ad

धनकुटा, २० भदौ : नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अफ्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो । यसअघि टेलकमले एडिएसएसबाट प्रवाह गरेको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट पाँच एम विपिएससम्मको इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रीजी र फोर जी) सेवा विस्तार गर्दै आएको थियो ।

हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि विछ्याइएको फाइबरमार्फत् जिल्लासम्म एक सय जिविपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अफ्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन् । कार्यालयका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत् इन्टरनेट सेवा विस्तार गरिएको छ । धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ । चैनपुर नगरपालिकामा यसै वर्षदेखि काम सुरु गरिनेछ । अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको विर्तामोडबाट पुनःइटहरीसम्म एक सय जिबिपिएस इन्टरनेट जडान भइसकेको छ । यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिनुभयो ।

सेवा विस्तारसँगै हाल धनकुटामा दुई हजार छ सय २१ वटा राउटरमार्फत् आठ हजार घरधुरीले अफ्टिकल फाइबरमार्फत्को इन्टरनेट उपभोग गरिरहेका छन् । भोजपुरमा सात सय तीन राउटरमार्फत एक हजार पाँच सय घर धुरीले, सङ्खुवासभामा नौ सय ८० राउटरमार्फत् दुई हजार घर धुरीले र तेह्रथुममा छ सय ७० राउटरमार्फत् एक हजार पाँच सय घर धुरीले ईन्टरनेट उपभोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

वि.सं.२०८० भदौ २० बुधवार १२:४८ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...