
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले पर्यटन विभाग प्रमुखको जिम्मेवारी पूर्व पर्यटन मन्त्री प्रेम आलेलाई दिएपछि गम्भिर असन्तुष्टि जनाउँदै विभागका सदस्य कुमार थापाले विभाग छाडेका छन् ।
थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पर्यटन ब्यबसायी संगठन र बिभाग लाई अत्यन्तै छिःछि र दुर्दुर गरेका आलेलाई पार्टीले विभागको जिम्मेवारी दिएपछि फेसुबक स्टाटस लेख्द्रै विभागबाट राजिनामा दिएको जनाएका छन् ।
विभागका सदस्य समेत रहेका थापा नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन ब्यबसायी संगठन नेपाल – अध्यक्ष र पार्टी बागमती प्रदेश कमिटी सदस्य हुन् ।
उनले लेखेका छन् “बिगतमा आफु संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पर्यटन ब्यबसायी संगठन र बिभाग लाई अत्यन्तै छिःछि र दुर्दुर गर्ने नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले नेकपा एसको केन्द्रीय पर्यटन बिभाग प्रमुख भएछन् । उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै उनको बिगतको कार्य शैलीमा पनि आफनो बिमती राखेकोले अब आफु त्यही कमिटीमा बस्न उचित नठानेकोले नैतिकताको आधारमा आजैको मिति बाट केन्द्रीय पर्यटन बिभाग बाट राजिनामा दियको जानकारी गराउँछु।”
कुमार थापा
पर्यटन ब्यबसायी संगठन नेपाल(अध्यक्ष
नेकपा एस ( बागमती प्रदेश कमिटी सदस्य
वि.सं.२०८० भदौ २८ बिहीवार २०:२३ मा प्रकाशित