काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । भदौ २८ गते बिहिबार बसेको बैंकको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरि कुल ३०.५२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
यस संगै एनआईसी आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने चौथो वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे, एभरेष्ट, र सानिमा बैंकले यस अघि नै लाभांश प्रस्ताव गरिसकेका छन्।
वि.सं.२०८० भदौ २९ शुक्रवार ११:०१ मा प्रकाशित