back

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प   

Nepal Bank

झापा, १ असोज : पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन जाँचचौकी (चेकपोस्ट) रानीगन्जले सीमावर्ती पानीटङ्की नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ ।

“बङ्गलादेशमा पढ्न जाने नेपाली विद्यार्थी, भुटानी नागरिक र ओसीआई कार्ड होल्डरलाई मात्र नेपाल आउन दिने भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको हो”, उहाँले भन्नुभयो, “विगतमा ठूलो सङ्ख्यामा तेस्रो मुलुकबाट पर्यटक यही नाका भएर भित्रिने गर्दथे । अहिले चलहलपहल ठप्पप्रायः छ ।”

भारतले प्रवेशाज्ञा नदिएका कारण बङ्गलादेश र अन्य तेस्रो मुलुकका पर्यटक काठमाडौँ हुँदै पूर्वी नेपाल घुम्न आउने गरेका छन् । नेपाली पक्षले पूर्वीनाकाबाट पर्यटक भित्रिन भइरहेको अवरोध हटाउन उच्चस्तरीय पहल गर्न आवश्यक रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बङ्गलादेशी पर्यटकको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ । अध्यगमन कार्यालय काँकडभिट्टाका अनुसार कोभिड सुरु हुनुअघि यो नाका भएर सबैभन्दा बढी बङ्गलादेशी पर्यटक आउने गरेका थिए ।

अध्यगमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले सन् २०२३ को जनवरी १ देखि हालसम्मा पूर्वीनाका भएर २१ देशका पाँच हजार एक सय ९७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमध्ये तीन हजार चार सय १४ पुरुष र एक हजार सात सय ८३ महिला रहेका छन् ।

भुटानबाट एक हजार सात सय २९, अष्ट्रेलियाबाट १२, बङ्गलादेशबाट १२, क्यानडाबाट सात, चीनबाट दुई, फिनल्याण्डबाट तीन, नेदरल्याण्डबाट तीन, फिलिपिन्स, रसिया, सिङ्गापुर र थाइल्याण्डबाट एक–एक, दक्षिण कोरियाबाट तीन, युकेबाट ११, युएसएबाट २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् ।

वि.सं.२०८० असोज १ सोमवार ०८:४३ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...