
काठमाडौं । मीड सोलु हाइड्रोपावरको आइपीओमा १ अर्ब ५१ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज असोज २ गते अन्तिम दिन साँझसम्ममा १३ लाख ५४ हजार ८४६ जनाले १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २४.३४ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।
वि.सं.२०८० असोज २ मंगलवार १७:४० मा प्रकाशित