back
NMB Ad

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो   

Royal Enfield Inside Page Banner

रसुवा, ३ असोज : रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ ।

नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला सवारी साधन, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापतबाट राजस्व वृद्धि भएको हो ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ माल सामग्रीको नियमानुसार भन्सार शुल्कबापत रु पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार असुली गरी सो रकम राजस्व खातामा दाखिला गरिएको हो ।

साउन भदौको असुली लक्ष्य रु एक अर्ब चार करोड ४१ लाख २१ हजार भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ।

गत आव २०७९/८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो । चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा दुई सय नौ प्रतिशतले असुलीमा वृद्धि भएको हो ।

व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन् ।

यस्तै नेपाली व्यवसायीले झिकाएको करिब पाँच सय चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाई काठमाडौँ लाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ ।

वि.सं.२०८० असोज ४ बिहीवार ०६:४३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ २७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १३:५४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आइसिसि...

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

वि.सं.२०८१ माघ २७ आइतवार १३:३१

ढोरपाटन (बागलुङ) : जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट...

स्वाभिमान लघुवित्तको कम्पनी सचिव नियुक्त

स्वाभिमान लघुवित्तको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ माघ २७ आइतवार १२:४६

काठमाडौं । स्वाभिमान लघुवित्तको कम्पनी सचिवमा कृष्णराज चौधरी पुनः नियुक्त...

प्रधानमन्त्रीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

प्रधानमन्त्रीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने   

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने   

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि...