काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् ।
नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताए । नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएको उनले जानकारी दिए ।
‘हामीले डेढ दुई घन्टाभित्र सबै विद्यालयहरुको अनुगमन सकेर महानगरलाई रिपोर्टिङ गर्नेछौं, पाण्डेले भने ।’
नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने उनको भनाइ छ ।
महानगर प्रमुख शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
वि.सं.२०८० असोज ४ बिहीवार १३:०० मा प्रकाशित