back
SKIP
Prabhu Bank Road Block Ad

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान   

Kumari bank ad

महेन्द्रनगर (कञ्चनपुर), ४ असोज : सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताउनुभयो ।

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । “अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा ३६÷३७ बिक्री केन्द्र सञ्चालमा छन्”, प्रमुख बस्नेतले भन्नुभयो, “पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।”

उहाँले केन्द्रले एक सय छ जना नयाँ कर्मचारी पदपूर्ति गरिसकेको जानकारी दिँदै चाँडै पुनःडिपो नै सञ्चालनमा आउनेमा आशावादी रहेको बताउनुभयो । सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

“अहिले बाजुराको कोल्टी डिपोमा पाँच सय क्विन्टल चामल मौज्दात छ”, बस्नतेले भन्नुभयो, “बाजुरामा एउटा बिक्री केन्द्र र एउटा शाखा कार्यालयसमेत सञ्चालित छ ।” त्यसैगरी दार्चुलाको खण्डेश्वरी डिपोमा भने चामल अभाव देखिएको छ । त्यहाँ एक सय क्विन्टन मात्रै चामल मौज्दात रहेको छ ।

खण्डेश्वरी डिपोबाट वार्षिक दुईदेखि चार हजार क्विन्टलसम्म चामल खपत हुन्छ । चालु आवमा खडेश्वरीका लागि एक हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार ११ बिक्री केन्द्रसमेत रहेको दार्चुलाका लागि ११ हजार पाँच क्विन्टल चालम निर्धारण गरिएको छ ।

“आवश्यताअनुसार चालम थप हुन्छ”, बस्नेतले भन्नुभयो, “आगामी चाडपर्वहरुका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने तयारी छ ।” उहाँले चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने बताउनुभयो ।

बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टन चामल खपत भएको थियो । “धान खरिद कैलाली र कञ्चनपुरबाट हुन्छ”, उहाँले भन्नुभयो, “वार्षिक ३० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्छ ।”

पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेल्धुरा, बझाङ, अछाम र दार्चुलालगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चालम निर्यात भइसकेको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८० असोज ४ बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...