back

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

Kumari bank ad

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ ।
त्यस्तै शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू रहेका छन् । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् ।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ । शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।

शिक्षा विधेयक फिर्ता लिन एमाले सांसदद्वारा सुझाव    

यसैबीच संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका नेकपा (एमाले) का सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् ।

नेकपा (एमाले) का तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएको भेटपछि एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

“सामुदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढङ्गले अघि बढाउने कुरामा सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशङ्का पैदा गरिदिएको छ”, बर्तौलाले भन्नुभयो ।

तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढङ्गले संविधानले दिएको सीमाभित्र रहेर अघि बढ्ने गरी सङ्घीय शिक्षा ऐन आउनुपर्ने सांसदहरूको भनाइ छ ।

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...